राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकमा निलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्र डेपुटी गभर्नरमा नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैंठकले ढुंगाना र मिश्रलाई नियुक्त गरेको हो ।

पहिलो महिला डेपुटी गभर्नर बनेकी नीलम ढुंगाना (तिम्सिना)हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु डा.नीलम ढुंगाना, देवकुमार ढकाल, डा.गुणाकर भट्ट, डा.प्रकाशकुमार श्रेष्ठ र बमबहादुर मिश्र डिपुटी गभर्नरको दौडमा थिए ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलवार २१:१२