लगानी गर्ने हो ? १ अर्बको म्युचुअल फण्ड आउँदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रवास

लगानी गर्ने हो ? १ अर्बको म्युचुअल फण्ड आउँदै छ



काठमाडौं । सनराइज बैंकको सहायक कम्पनी सनराइज क्यापिटलले १ अर्बको म्युचुअल फण्ड ल्याउने भएको हो । आगामी चैत्र १ गतेदेखी क्यापिटलले फण्ड निष्काशन गर्न लागेको हो ।

सनराइज क्यापिटलले अर्को ‘सनराइज ब्लूचिप’ म्युचुल फण्ड निष्काशन गर्ने भएको छ । सो फण्ड १० वर्षे बन्दमुखी रहेको छ ।

प्रति इकाई १० रुपैयाँ दरको १ अर्व रुपैयाँ बराबरको १० करोड इकाई फण्ड निष्काशन गर्न लागेको हो । क्यापिलटलले यसअघि सनराइज फस्ट म्युचुअल फण्ड ल्याएको थियो ।

छिटोमा चैत्र ४ गतेसम्म र ढिलोमा चैत्र १६ गतेसम्मको अवधी राखेर कम्पनीले फण्ड निश्काशन गर्न लागेको छ ।

१ सय इकाई देखी १ करोड इकाईसम्म सर्वसाधारण वा संगठित संस्थाले आवेदन दिन सक्नेछन । क्यापिटलले १५ प्रतिशत इकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरेको छ ।

अरु ८ करोड ५० लाख इकाईभने सर्वसाधारणलाई विक्री गर्ने जनाएको छ ।

कम्पनीले निष्काशन गरेको फण्डमा आश्वा सदस्य बैंक, मेरो सेयर एपबाटसमेत आवेदन दिन सकिनेछ ।

अहिले बजारमा कुमारी क्यापिटलले पनि १० वर्षे अवधीकै कुमारी इक्वीटि फण्ड निष्काशन गरेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार १५:१४