आफ्नै खर्चमा सदस्यको बीमा गराउँदै मिलिजुली कालिञ्चोक साकोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

आफ्नै खर्चमा सदस्यको बीमा गराउँदै मिलिजुली कालिञ्चोक साकोस

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

दोलखा । भीमेश्वर नगरपालिका–६ चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सबै सदस्यहरुको दुर्घटना बीमा गराउने भएको छ । संस्थामा आवद्ध २१ हजार ८ सय ५३ जना सदस्यको दुर्घटना बीमा संस्थाले गरिदिन लागेको हो । बीमाको लागि संस्थाले प्रभु इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।

सदस्यहरुको दुर्घटना भई मृत्यु भएमा, स्थायी पुर्ण अशक्तता भएमा, हुलदंगा तथा आतंकबादी क्रियाकलापबाट मृत्यु वा पूर्ण अशक्त भएमा ५० हजार पाउने गरी दुर्घटना बीमा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए ।

बीमा वापत सदस्यले कुनै पनि रकम बुझाउनु नपर्ने न्यौपानेले बताए । ‘सबै सदस्यको बीमा गराउँदा लाग्ने खर्च संस्थाले नै तिरिदिने छ’, उनले भने । बीमा सम्झौतामा पत्रमा मिलिजुली कालिञ्चोकका अध्यक्ष नारायण बहादुर श्रेष्ठ र प्रभु इन्स्योरेन्सका चरिकोट शाखाका प्रमुख मानबहादुर बटालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा संस्थाको सञ्चालक तथा कर्मचारीहरुको उपस्थीती रहेको थियो । जिल्ला भर कार्यक्षेत्र रहेको संस्थाको कुल वासलत १ अर्ब २२ बरोड १० लाख ८२ हजार ७ सय ७ रुपैयाँ रहेको छ । संस्थाले ८५ करोड ८२ लाख १२ हजार ७ सय ८६ रुपैयाँ बचत संकलन गरी ९६ करोड ६६ लाख ६८ हजार ९ सय ७८ रुपैयाँ ऋण लगानी गरेको छ ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १६:२२ 22 February, 2021 4:22 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।