बैंकको सेयरमा लगानीकर्ताको आकर्षण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

बैंकको सेयरमा लगानीकर्ताको आकर्षण



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकले बढेको छ । मंगलबार १५.५० अंकले बढेर दुई हजार ६ सय एक दशमलब ११ विन्दुमा पुगेको थियो । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १८.२९ अंकले बढेर २६१९.८१ विन्दुमा पुगेको थियाे । हिजाे मंगलबार शेयर बजार १५.५० अंकले बढेर हालसम्मकै उच्च अर्थात् २६०१.५१ विन्दुमा बन्द भएकाे थियाे । नेप्सेले आज साेही विन्दुलाई ताेडी नयाँ रेकर्ड बनाएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९४ अंकले बढेर २६११.४५ मा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अंकले बढेर ४७५ मा पुगेको छ ।

कूल २०३ वटा कम्पनीकाे एक कराेड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८ सय ४४ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार बुधबार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड, हिमालयन उर्जा लगायतका शेयरधनीहरूले सबैभन्दा धेरै कमाउँदा सनराइज फर्स्ट म्युचुअल फण्ड, इन्फिनीटी लघुवित्त वित्तीय संस्था लिमिटेड लगायतका शेयरधनीहरूले भने सबैभन्दा धेरै गुमाएका छन् । बुधबार काराेबार रकमकाे आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड नै अग्र स्थानमा छ ।

प्रकाशित : 17 February, 2021 3:19 pm