नेपाल लाइफको नाफामा चमत्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

नेपाल लाइफको नाफामा चमत्कार



काठमाडाै । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।


उक्त विवरण अनुसार चालु वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

उक्त नाफा गत वर्षको सोहि अवधिको तुलनामा २२.४७ प्रतिशतले धेरै हो । गत वर्ष यही अवधिमा कम्पनीको नाफा ३५ करोड ९ लाख रुपैयाँ रहेको थियो।


त्यसैगरी, चालु वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १७ अर्ब ८ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ। यो आम्दानी गत वर्षको यही अवधिको तुलनामा २२.८४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १३ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो।


त्यस्तै, कम्पनीको जीवन बीमा कोषको आकार पनि ७७ अर्ब ५९ करोड रुपैयाँबाट बढेर १ खर्ब १ अर्ब रुपैयाँको उचाइमा पुगेको छ।


कम्पनीको चुक्तापुँजी ७ अर्ब १९ करोड रुपैयाँ र जगेडा तथा कोष १ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
प्रतिसेयर आम्दानी (ईपीएस) ११.९४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४९.६८ रुपैयाँ रहेको छ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार १४:५२