दुई अर्ब बराबरको बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

दुई अर्ब बराबरको बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि माघ २७ गतेबाट वार्षिक ९ प्रतिशत ब्याजदरमा २ अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले फागुन २५ गतेदेखि पाँच वर्षका लागि नागरिक बचतपत्र २०८२ निष्काशन गर्नेछ ।

घटीमा १० हजार र बढीमा कूल निष्कासशत रकमको सीमा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ। ब्याजको भुक्तानी भने ६ र ६ महीनामा हुने राष्ट्र बैंकले जनाएको छ।

आवेदन फाराम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयबाट निःशुल्क पाउन र बुझाउन सकिनेछ । फाराम केन्द्रीय बैंकको वेबसाइटबाट डाउन लोड पनि गर्न सकिनेछ । उक्त बचतपत्रमा भोलि माघ २७ गतेदेखि फागुन १८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।

प्रकाशित : २६ माघ २०७७, सोमबार १२:४४