पाँचतारा साकोसले सदस्यलाई एटिएम सेवा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पाँचतारा साकोसले सदस्यलाई एटिएम सेवा दिने




काठमाडौ । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई एटिएम सेवा प्रदान गर्ने भएको छ । संस्थाले यही फागुन महिनादेखि सदस्यहरुलाई उक्त सेवा दिने भएको हो । संस्थाले उक्त सेवा प्रदान गर्न एससिटी कार्ड तयार गरिसकेको र एटिएम मेशिन मगाईसकेको संस्थाका अध्यक्ष भोलानाथ पाठकले जानकारी दिए । उनले भने ‘हामीले गत बैशाखमै यो सेवा उपलब्ध गराउने थियौं तर कोभिडले गर्दा केही पर सरेको हो अब चाँडै सदस्यहरुलाई एटिएम सेवा प्रदान गर्नेछौं ।’ संस्थाले पहिलो चरणमा एक हजार कार्ड बनाएको र सदस्यको माग अनुसार थप उपलब्ध गराउँदै जाने अध्यक्ष पाठकको भनाई छ । उनले नेपालका सबै एटिएमबाट कारोबार गर्न सकिने र भारतमा पनि कार्ड चल्ने बताए ।

प्रकाशित : ७ माघ २०७७, बुधबार १७:१६