सहकारी बैंकको १५ प्रतिशत लाभाशं खातामा आयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सहकारी बैंकको १५ प्रतिशत लाभाशं खातामा आयो ?



काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सदस्य संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ । बैंकले १७ औं वार्षिक साधारणसभामा आर्थिक वर्ष ०७६/०७७ को कारोबारबाट शेयर सदस्यसकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खाता पठाएको जनाएको छ । साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको हो ।

बैंकले यसपटकको साधारणसभा एकाईगत रुपमा ७ वटै प्रदेशमा गरेको थियो । एकाई प्रतिनिधिहरुको साधारणसभा शुक्रवार भर्चुअलरुपमा सम्पन्न भएको संस्थाहरुको खातामा लाभाशंको रकम पठाइएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए । बैंकले गत आर्थिक वर्षको कारोबारबाट २७ करोड ७८ लाख रुपैया लाभाशं वितरण गरेको छ । सहकारी बैंकले विगत ३ वर्षदेखि १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले संरक्षित पूँजि फिर्ता कोषको रकम पनि छिटै पठाउने जनाएको छ ।

बैंकले लाभाशं बाहेक कारोबारका आधारमा संरक्षित पूँजि फिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउदै आएको छ । संरक्षित पूँजिफिर्ताकोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने गुरागाईले बताए । बैंकले गत वर्षको कारोबारबाट १२ करोड ७३ लाख रुपैया संरक्षित पूँजि फिर्ता कोषबाट प्रदान गर्ने भएको छ ।

यस भन्दा अगाडि आ.व.०७५/०७६ को कारोबारबाट ९ करोड ३५ लाख र २०७४÷०७५ को कारोबारबाट ४ करोड ४३ लाख रुपैया संरक्षित पूँजिफिर्ता कोषबाट रकम प्रदान गरिएको जनाएको छ ।

प्रकाशित : ५ पुष २०७७, आईतवार १४:३९