काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।
संस्थाकाे हिजाे (मंसिर २८ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
Comment