श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा को-को आए नयाँ संचालक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

मुख्य समाचार

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीमा को-को आए नयाँ संचालक ?



ललितपुर । पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २१औ वार्षिक साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको छ । नव निर्वाचित संचालक समितिको उपाध्यक्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल निर्वाचित भएका हुन् ।

चारवर्षे कार्यकालको लागि भएको निर्वाचनमा सदस्यहरुमा कदम जोशी प्रधान, भोला कुमार श्रेष्ठ र आर्या सिंह भण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी लेखा समितिको संयोजकमा पुण्यप्रसाद पोखरेल र सदस्यहरुमा विद्यादेवी पाण्डे र तिमिला रञ्जित निर्वाचित भएका छन् ।

प्रकाशित : २८ मंसिर २०७७, आईतवार १७:२१