यि हुन विश्वका सर्वाधिक धनी महिला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यि हुन विश्वका सर्वाधिक धनी महिला



विश्वमा महिलाहरु सबै क्षेत्रमा सक्षम हुँदै गइरहेको तथ्याकंहरु दिनप्रतिदिन सार्वजनिक भइरहेका छन् । राजनीतिक, आर्थिक, सांस्कृतिकलगायतका क्षेत्रमा महिलाहरुले उच्च सफलता हाँसिल गरिरहेका छन् । करिब डेढ दर्जन बढी राष्ट्रमा राष्ट्रपति र त्यति नै संख्यामा प्रधानमन्त्री महिला छन् । खेलकुद तथा कलाकारिता क्षेत्रमा दर्जनौं महिलाहरुको नाम विश्वभर चर्चित छ । त्यसबाहेक अब आर्थिक क्षेत्रमा महिलाहरु सक्षम र सवल देखिन थालेका छन् ।
२१ औं शताब्दीको यस समयमा विश्वभर गरिएको कतिपय सर्वेक्षणहरुले सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा महिलाको नाम देख्न र सुन्न थालिएको छ । ‘फोब्र्स’ म्यागेजिन लगायतका अन्य सर्वेक्षण गर्ने निकायहरुले महिलाहरुको नाम अग्रसूचीमा अँटाएका छन् । साथै अन्य सर्वेक्षण गर्ने निकायहरुले विभिन्न विधा मार्फत महिलालाई सर्वाधिक धनीको सूचीमा राखेका छन् । व्यापार व्यवसाय, उद्योग मात्र नभई अन्य विधाहरुमार्फन पर्याप्त धन आर्जन गरी विश्वभर ख्याती कमाउने महिलाहरुको संख्या बढ्दै गइरहेको छ । विशेषत सने २०१० पछि महिलाहरुले आर्थिक क्षेत्रमा गरेको प्रगतीका बारेमा तथ्यहरु सार्वजनिक हुँदै आइरहेका छन् । फरक–फरक क्षेत्र र विधामा आफ्नो पारङ्गता र मिहिनेतले सर्वाधिक धन कमाएर ख्याती कमाउने केही महिलाहरुको यहाँ चर्चा गरिएको छ ।

क्रिस्टी वाल्टन, अमेरिका

Christy-Walton
सन् २०१५ मा फोब्र्सले गरेको सर्बेक्षणमा विल गेट्स एक नम्बरमा सुचीकृत भए पनि एकजना महिलाले आठौं नम्बरमा आफ्नो नाम लेखाउन सफल भईन । सन् २०१४ मा पनि आठौं स्थानमा रहेकीे अमेरिकाको वाल्टन परिवारकी सदस्य क्रिस्टी वाल्टन पछिल्लो वर्ष पनि आठौं स्थानमै कायम भइन । क्रिस्टी वाल्टनको सम्पत्ति १ अर्ब ३० करोड डलर बढेर ४१ अर्ब ९० करोड डलर कायम भयो । उमेरले ६१ बर्ष टेकेकी क्रिस्टी वाल्टन अमेरिकाको प्रसिद्ध वालमार्ट सुपर मार्केटकी मुख्य सेयरहोल्डर हुन् । उनी पूर्णकालिन व्यापारी हुन् । उनका दर्जन बढी कम्पनीले बार्षीक अरबौंको कारोबार गरिरहेका छन् । सोलार कम्पनीका मालिक उनका श्रीमानको विमान दुर्घटनामा निधन भएको सन् २००५ मै निधन भएको हो ।

गिसेल बन्डसेन, ब्राजिल

gisele-bundchen
कलाकारिता अर्थात मोडलिङमा राम्रो प्रस्तुती देखाउन सक्यो भने विश्वभर चर्चा हुन्छ भन्ने त सबैलाई अनुमान लगाउन सक्छन् । तर मनग्गे धन कमाउन पनि सकिन्छ भन्नेमा चाहीं पत्याउन मुस्किल पर्छ । ब्राजिलकी मोडल अर्थात सुन्दरी गिसेल बन्डसेन नाम र दाम दुवैबाट चर्चित छिन् । सन् १९९० को दशकमा अन्तराष्ट्रिय सफलता हासिल गर्ने उनी पहिलो ब्राजिलियन मोडल हुन् । पाँच फिट ११ इन्च अग्ली ३६ वर्षीया उनको सम्पत्ती ३० करोड डलर भन्दा धेरै भएको तथ्याङहरु सार्वजनिक भएका छ्न । महिलाका भित्री वस्त्र उत्पादक कम्पनी ‘भिक्टोरियाज सेक्रेट’ मध्येका अन्य मोडलहरु तुलनामा सबैभन्दा सफल अनि संसारकै धनी मोडलहरुको सूचीको उनको नाम अग्रपंक्तीमा छ । उनको ख्यातिलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघले वातावरणीय सद्भाव दुत समेत नियुक्ति गरेको थियो । सन् १९९७ देखि नै यस क्षेत्रमा प्रवेश गरेकी उनले विश्वप्रसिद्ध कम्पनीहरुमा मोडलिङ गरिसकेकी छिन । साथै उनले मोडलिङ गरेका सामाग्रीहरु विश्वभर हारालुस हुने गरी विक्री हुनेको गरेको छ । करिब आधा दर्जन फिल्ममा अभिनय समेत गरिकी गिसेल सन् २०१४ मा गिसेल ब्राजिलका टेलिभिजनहरुमा छ हजारभन्दा बढी विज्ञापनहरुमा देखिएकी थिइन् । जुन ऐतिहाँसिक एक रेकर्ड मानिएको थियो । अहिले उनी व्यवसायीक मोडलिङ बाहेक समाजसेवामा सक्रिय छिन् ।

एन्जेलिना जोली, अमेरिका

angelina-jolie1
हलिउड नायिका एन्जेलिना जोलीले नयाँ फिल्ममा अभिनय गर्न छाडेको लामो समय विते पनि उनी सर्वाधिक धनी नायिकाको अग्रपंक्तिमा नै छिन् । उनको फिल्म रिलिज नभएको तीनबर्ष पुरा भइसकेको छ तर अघिल्लो बर्ष मात्र उनको कमाई ३३ मिलियन डलर छ । फोब्र्स पत्रिकाले सर्वाधिक धनी नायिकाहरुको सूचीमा उनको नाम राखेको थियो । अभिनयमा नदेखिए पनि जोलीले ‘इन द ल्यान्ड अफ ब्लड एन्ड हनी’, ‘द टुरिष्ट’ लगायतका केही फिल्मको निर्देशन गर्न भ्याइन । निर्देशन र अभिनय दुवै क्षेत्रमा कमाएको सम्पत्ती मार्फत जोली धनीको सूचीमा अटाएकी हुन् । क्यान्सरबाट थलिएकी जोलीपछि जेनिफर लरेन्सको  सान्ड्रा बुलक नाम धनी नायिकाको सूचीमा छ । उनी अन्तराष्ट्रिय स्तरका सामाजिक संस्थाहरुमा आबद्ध भएर मानवअधिकारको क्षेत्रमा पनि सक्रिय छिन् ।

झान जिन, चीन

Zhang Yin
आर्थिक रुपमा समृद्ध बन्दै गइरहेको मुलुक चीनकी एकजना महिला अनौंठो कामबाट पैसा कमाएर सर्वाधिक धनीको सूचीमा परेकी छिन् । काम सकेर फालिएका कागज संकलन गरेर उद्योग चलाएकी झान जिनलाई सन् २०१४ मा फोब्र्सले धनीको सुचीमा राख्यो र त्यसपछि उनको कामको सबैतिर प्रशंसा गरियो । नाइन ड्रागन्स पेपर कम्पनीकी संस्थापक जिनको कम्पनीले अमेरिकीहरुले फालेको कागज संकलन गरेर चाइना पठाउँछ । त्यसलाई प्रशोधन गरेर कार्डबोर्ड अर्थात कार्टुनहरुमा बनाउँछ । पुनःप्रयोग गर्ने र कागज बनाउन सकिन्छ भन्ने कल्पनै नगरिएको सोचका कारण उनलाई संसारकै धनी महिलामध्ये एक बनायो । अहिले उनीसँग ४ दशमलव १ अर्ब अमेरिकी डलर बराबर सम्पत्ति भएको तथ्याकं छ । सन् १९८५ मा उनले कागज उत्पादन गर्ने कम्पनी खोलेकी हुन् । ५१ बर्षीया झाङलाई फोब्र्स म्यागजिनले सन् २०१५ मा चीनका सबैभन्दा धनी मध्ये पाँच नम्बरमा राखेको थियो ।

सेलिन डियन, क्यानाडा

Celine Dion
नेपालमा मात्र नभई विश्वभर हजारौं खर्च गरेर तयार हुने गीतको एल्बम बेचेर पैसा कमाउने अवस्था छैन् । नेपाली संगीत क्षेत्रमा पनि गीत गाएरै बाच्नेहरुको संख्या न्यून छ । तर विश्वमा यस्ता गायिका पनि छन् जसको नाम गायनबाट मात्र नभई अथाहा सम्पत्ती आर्जन गरेर पनि कमाएका छन् । क्यानेडियन गायिका सेलिन डियन सन् २०१५ की विश्वकै सबैभन्दा धनी महिला गायिकाका रुपमा आफ्नो नाम लेखाएकी छिन् । उनको सम्पत्ति आठसय मिलियन डलर अर्थात ८० अर्ब नेपाली रुपैयाँ रहेको तथ्याकं छ । रक र क्लासिकल गीतमार्फत स्टेज तताउन खप्पिस उनी करिब आठवटा भाषामा गीत गाउन खप्पिस छिन् । त्यसपछि अमेरिकन पप स्टार म्याडोना धनी १० जना गायिका मध्ये दोस्रो नम्बरमा छिन् । ७ सय मिलियन डलर अर्थात ७० अर्ब रुपैयाँ उनीसँग सम्पत्ति रहेको छ । अर्की अमेरिकन गायिका वियोन्से पनि धनी गायिकाका सूचीमा छिन् । उनको कुल सम्पत्ती ५३ अर्ब ६० करोड नेपाली रुपैयाँ छ । यी सबै गायिकाहरुको गायन बाहेक फरक फरक व्यावसायीक कम्पनीहरु पनि संचालनमा छन् ।

जेन्ना जामेसोन, अमेरिका

Jenna-Jameson
पोर्न फिल्म अर्थात अश्लिल चलचित्र हेर्नु हाम्रो समाजमा गम्भिर अपराधको रुपमा लिने गरिन्छ । तर युरोप तथा अमेरिकी राष्ट्रहरुमा पोर्न स्टार बनेर अधिक धन आर्जन गर्ने क्रम व्यापक बन्दै गइरहेको छ । अमेरिकी मूलकी जेन्ना जामेसोन विश्वकै सबैभन्दा धनी पोर्न स्टार बन्न सफल भएकी छिन्  । ४१ वर्षीया उनीसँग करिब ३० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ती छ । हाल उनी फिल्म निर्देशन समेत गर्दै आइरहेकी छिन् । पोर्न चलचित्र खेलेरै अर्की अमेरिकी टेरा पाट्रिक्क विश्वको दोस्रो धनी स्टार हुन उनीसँग १५ मिलियन डलर सम्पत्ती रहेको सर्वेक्षणले देखाएको छ ।

जमुना गुरुङ, अष्ट्रेलिया

jamuna Gurung
नेपाल गरिब देश मानिए पनि विदेशमा बसेर कतिपय नेपालीहरुले आश्चर्य लाग्दो प्रगती गरेका छन् । धनाढयहरुको सूचीमा एकजना नेपाली महिलाको पनि नाम लेखाएकी छिन् ।   लमजुङमा जन्मिएकी जमुना गुरुङ अष्ट्रेलियाका आठौं धनी महिलाको सूचीमा पर्न सफल भएकी छिन् । अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘बीआरडब्लु म्यागेजिन’ ले गुरुङलाई सन् २०१५ का सर्वाधिक धनी महिलाको सूचीमा राखेको हो । जमुनाको सम्पत्ती २६ करोड ४० लाख अष्ट्रेलियन डलर अर्थात करिब २० अर्ब रुपैयाँ पुगेको छ । विभिन्न व्यवसायमा हात हालेकी गुरुङ एघारौं नम्बरमा थिइन् ।

लिलियन बेटेनकोर्ट, फ्रान्स

liliane-bettencourt
पाको उमेरसम्म निरन्तर विभिन्न व्यावसायमा सक्रिय भएवापत फ्रान्सकी एकजना महिलाले  धनीको सूचीको दसौं स्थानमा नाम लेखाएकी छिन् ।  फ्रान्सको विश्व प्रसिद्ध सौन्दर्य प्रसाधन निर्माता कम्पनी लोरियलकी मालिक ९३ वर्षीया लिलियन बेटेनकोर्ट फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०१५ को सूचीमा १० औं नम्बरमा छिन् । अघिल्लो वर्ष ११ आंै स्थानमा रहेकी बेटेनकोर्टको सम्पत्ति ४० अर्ब १० करोड डलर छ ।

अमिरा बिन तलाल, साउदी अरब

Ameera al-Taweel
मुस्लिम मुलुकहरुमा अर्वपती महिलाहरुको संख्या बढ्दै गइरहेको छ । राजपरिवार देखि विश्वव्यापी कम्पनीहरु संचालन गरेका दर्जनौं महिलाहरु धनीहरुको सूचीमा छन् । साउदी अरबकी राजकुमारी आमिरा सर्वाधिक धनी घोषणा भइसकेकी छिन् । फोब्र्सका अनुसार ३२ बर्षीया अमिराको मात्र सम्पत्ती करिव दुईसय करोड रहेको छ । साउदीका धनी मानिने राजकुमार अलवालिद बिन तलालकी श्रीमती आमिरा किङडम होल्डिङ कम्पनीकी फाउण्डर कार्यकारी हुन् । यता जोर्डनीकी महारानी रानिया पनि धनी महिलामा गनिन्छिन् । विश्वकै धनाढ्यकै सूचीमा रहेका राजकुमार अब्दुल्ला पत्नी रानियासँग विवाह अघि नै करिव चारसय करोडको सम्पति थियो । साभार, नारी मासिकबाट

प्रकाशित : ११ जेष्ठ २०७३, मंगलवार ०३:३४