यसरी हेर्नुस् जनरल इन्स्योरेन्सको आइपीओको नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यसरी हेर्नुस् जनरल इन्स्योरेन्सको आइपीओको नतिजा



काठमाडाै । जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ। बाँडफाँडमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खालि भएको छ।

कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।

इन्स्योरेन्सको आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएकाे छ।

आइपीओमा ७ लाख ९४ हजार ५४६ आवेदनबाट २ करोड १४ लाख १० हजार ७१० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिएका थिए।कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको थियो ।

यसरी हेर्नु नतिजा

सर्वप्रथम ‘मेरो सेयर’ पोर्टलमा गई लगइन र पासवर्ड राखी खोल्नुहोस् ।

लग इन खुले पछि मेरो सेयरको फ्रन्ट पेज खुल्नेछ । त्यस पछि बायाँ साइडको १० अप्सनमध्ये ८ औं अप्सन ‘माइ आस्वा’मा क्लिक गर्नुहोस् ।

‘माइ आस्वा’ क्लिक गरेपछि ४ वटा अप्सन देखिनेछ । करेन्ट इस्यू, अप्लाई फर इस्यू, एप्लिकेसन रिपोर्ट र ओल्ड एप्लिकेसन रिपोर्ट जस्ता अप्सनहरु देखिन्छन् । जसमध्ये तपाईँले ‘एप्लिकेसन रिपोर्ट’मा क्लिक गर्नुहोस् । जुन तपाइले आइपिओ भर्दाको विवरण देखाउछ ।

। अब सोही रिपोर्टमा क्लिक गर्नुहोस् । यदि तपाईलाई आइपीओ परेमा स्टाटसमा ‘अलोटेड’ भनिनेछ छ भने नपरेमा ‘नट अलोटेड’ भन्ने देखिन्छ । अलोटेड भएको भए तपाईको अलोकेट क्वान्टिटीसमेत संख्यामा देखाइएको हुनेछ ।

प्रकाशित : २० आश्विन २०७७, मंगलवार १४:२०