काठमाडाै । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कम्पनीले प्रति शेयर १०० अंकित दरको १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ ।
कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
बिक्रि प्रबन्धक चयन सम्झौतामा एसबिआईका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले हस्ताक्षर गरेका छन् ।
उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । उर्जा डेभलपर्सले ग्रुप कम्पनी मार्फत अन्य दुई जलविद्युत आयोजनाको पनि निर्माण गरिरहेको छ ।
Comment