काठमाडाै । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे आज तेश्राे दिन बेलुका ६ लाख ८१ हजार ३ सय ७३ जना आवेदकबाट १ अर्ब ९१ करोड ६१ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ९१ लाख ६१ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेकाे निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी दिएकाे छ । याे माग भन्दा ७.०१ गुणा धेरै आवेदन हो ।
दाेश्राे दिन बेलुका ५ बजेसम्ममा ५ लाख १० हजार १ सय ६ जना आवेदकबाट १ अर्ब ४५ करोड ७८ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ७८ हजार ७६० कित्ताका लागि आवेदन परेकाे थियाे ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे। जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हाे।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि छिटोमा असाेज १४ गते र ढिलोमा असाेज २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेकाे छ ।





Comment