जनरल इन्स्योरेन्सको आइपिओमा नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

जनरल इन्स्योरेन्सको आइपिओमा नयाँ रेकर्ड



काठमाडौ । जनरल इन्स्योरेन्सको आइपिओमा आवेदन दिनेको संख्यामा रेकर्ड ब्रेक भएको छ । निष्काशन गरेको आइपिओमा दोस्रो दिनसम्ममा ५ लाख बढीले आवेदन दिएका छन् ।

आज साँझसम्ममा कम्पनीको आईपिओमा ५ लाख ४३ हजार ६ सय ४ आवेदकले १ करोड ५३ लाख ९३ हजार २ सय ३० कित्ताको लागि आवेदन दिएका हुन् ।

कुनै पनि आइपिओमा दोस्रो दिन मै ५ लाख बढीले आवेदन दिएको यो नै पहिलो पटक हो । सिडीएसका अनुसार पिक आवरमा एक सेकेण्ड मै ६ वटाको दरले आवेदन परेको छ । यो भनेको प्रति मिनेट ३६० आवेदन हो । हिजो ८ घण्टाभित्रैमा सर्भरमा समस्या आउँदा आउँदै एक लाखभन्दा बढिको आवेदनमा परेकोमा आज सो संख्या चार लाख नाघेको हो ।

कम्पनीले निष्काशन गरेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता अर्थात ४ प्रतिशत संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।

प्रकाशित : 28 September, 2020 8:02 pm