३० करोड बराबरको आइपिओ आउने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

३० करोड बराबरको आइपिओ आउने पक्का



काठमाडाै । सानिमा जनरल इन्स्योरेन्सले आइपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार कम्पनीलाई आइपिओ निष्काशनको लागि अनुमति दिएको हो ।

यस संगै अब कम्पनीले प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने छ। कम्पनीले आइपीओ निष्कासनको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धका नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।

प्रकाशित : 21 September, 2020 8:42 pm