वर्ल्डलिंकले आइपिओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

वर्ल्डलिंकले आइपिओ जारी गर्ने



काठमाडाै । वर्ल्ड लिंकले सर्वसाधारणका लागि सेयर (आइपिओ) जारी गर्ने भएको छ । वर्ल्ड लिंकको २५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वर्ल्डलिंकका संचालक दिलीप अग्रवालले निकट भविष्यमै आइपिओ ल्याउने जानकारी दिएका हुन ।

‘ सर्वसाधारणका लागि आइपीओ जारी गर्ने पूर्वतयारी सुरु गरिसकेका छौं ।’ अग्रवालले भने–‘यसैको तयारी स्वरुप गत वर्ष हामीले कम्पनीलाई पब्लिक लिमीटेडमा दर्ता गरेका थियौं । अब बाँकी प्रक्रियाहरु अगाडि बढाउनेछौ ।’

अग्रवालले अहिले सुरु गरिएको प्रक्रिया पूरा भई आइपीओ निश्कासन हुने अवस्था बन्दासम्म ३ वर्षको समय लाग्ने बताए ।

वर्ल्डलिंक पछिल्लो समय नेपालमा इन्टरनेटको पर्यायका रुपमा स्थापित भएको नाम हो । वर्ल्डलिंकका अनुसार हाल आफ्नो सेवा प्रयोग गर्नेको संख्या २१ लाख छ । जसमध्ये हालसम्म कम्पनीले ४ लाख ८ हजार ५ सय घरमा आफ्नो कनेक्सन जडान गरिसकेको छ ।

यस्तै १ लाख ८४ हजार ५ सय जनाले कम्पनीको आइपीटीभी सेवा प्रयोग गरिरहेका छन् । ३ हजार ९ सय ५० जनालाई रोजगारी दिईरहेको कम्पनीको सेवा १ दशमलव २ टेराबाईट प्रतिसेकेन्ड खपत भईरहेको छ ।

प्रकाशित : ३० भाद्र २०७७, मंगलवार १६:२७