माउन्टेन इनर्जीको आइपिओ भदौ ३१ गतेदेखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

माउन्टेन इनर्जीको आइपिओ भदौ ३१ गतेदेखि



काठमाडाै । माउन्टेन इनर्जी नेपाल लिमिटेडले भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले यस अघि साउन ८ गतेदेखि आईपिओ निष्काशन गर्ने जनाएकोमा देशका अधिकांश स्थानमा बाढी पहिरोको भयावह अवस्था सिर्जना भएको र प्रभावित क्षेत्रमा गएर सेवा प्रवाह गर्न नसकिने भन्दै कम्पनीले अर्को सूचना नभएसम्मको लागि आईपिओ बिक्रि स्थगन गरेको थियो ।

स्थगित आईपिओ भदौ ३१ बाट बिक्रि खुला हुने भएको हो । यस संगै कम्पनीले आयोजना प्रभावित नुवाकोट र म्याग्दीका स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्ने छ ।

जसमा नुवाकोटको स्थानीयलाई २ लाख ९ हजार ३ सय ६५ कित्ता र म्यादीका स्थानीयलाई १७ लाख ५८ हजार ६ सय ६२ कित्ता शेयर छुट्याईएको छ । शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

प्रकाशित : 14 September, 2020 11:15 am