आठ कराेड बराबरको आइपिओ तयारीमा छन् यी लघुवित्त संस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

आठ कराेड बराबरको आइपिओ तयारीमा छन् यी लघुवित्त संस्था



काठमाडाै । आइपिओको भिडमा लघुवित्त कम्पनी प्रतिको आकर्षक लगानीकर्तामा अन्यको तुलनामा धेरै नै हुने गरेको छ । सेयर लगानीको आकर्षण बनेका ३ वटा लघुवित्तले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने तयारीमा जुटेका हुन ।

ति कम्पनीहरुमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड आइपिओ निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड २६ लाख रूपैयाँ बराबरकाे प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका १ लाख २६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाकाे आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा पनि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भइसकेकाे छ ।

त्यसैगरी, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चार करोड रूपैयाँ बराबरकाे प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाले पनि आइपिओ निष्कासन तथा बिक्रीकाे जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई दिएकाे छ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरकाे प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका ३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाले आइपिओ निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेकाे छ ।
यी लघुवित्त नेपाल धितोपत्र बोर्डमा भने पुगेका छैनन् ।

प्रकाशित : २८ भाद्र २०७७, आईतवार ०७:०८