काठमाडाै । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने नेप्से सूचक १२ दशमलव ५० अंकले बढेर १५२० दशमलव ७१ बिन्दुमा रोकिएको छ ।
१८९ कम्पनीको ५२ लाख ६२ हजार ६ सय ९८ कित्ता सेयर २ अर्ब १७ करोड ६८ हजार २ सय ८३ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ट्रेडिङ होटल र म्युचुयल फण्ड समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहरुको उपसूचक बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको १७ करोड २१ लाख ७२ हजार ११६ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो दिन राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा कम्पनी प्रमोटर कम्पनी, रिलायन्स लाइफ इन्योरेन्स तथा एनआरएन कम्पनीका लगानीकर्ताले आज ९ प्रतिशत भन्दा बढी कमाएका छन् ।
यता एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९।९२ प्रतिशतले घटेको छ ।
आज कारोबार समयमा २ पटक टिएमएसमा मस्या आएको हो । कारोबार भएको १ घन्टामा नै बन्द भएको सेयर बजार झण्डै दुई बजेबाट पुनःखुलेको सुचना नेप्सेले जारी गरेको थियोे । तर सूचारु भएलगत्तै टिएमएसमा पुनः समस्या आएको थियो ।
Comment