बैंकमा सिइओ तर्साउने खेल बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

बैंकमा सिइओ तर्साउने खेल बन्द



काठमाडाै । बैंक सञ्चालकहरुले प्रमुख कार्यकारी अधिकृत(सिइओ) तर्साउने खेल बन्द भएको छ । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी नियुक्तिमा नयाँ व्यवस्था गरे संगै यस्तो खेल बन्द भएको हो ।

निर्देशनमा भनिएको छ – नायब कार्यकारी प्रमुख पदमा बढुवा वा नयाँ पदपूर्ति प्रक्रियाबाट नियुक्ति गर्दा कार्यकारी प्रमुखको अध्यक्षतामा गठित उपसमितिको सिफारिसमा समितिले गर्नुपर्नेछ । नायव कार्यकारी प्रमुखभन्दा तल्लो तहका कर्मचारीको बढुवा वा नयाँ पदपूर्ति गर्दा प्रमुख कार्यकारी अधिकृतको निकटतम तल्लो वरियताको पदाधिकारीको संयोजकत्वमा गठित पदपूर्ति समितिको सिफारिसमा कार्यकारी प्रमुखले गर्नेछ ।

पछिल्लो समय सञ्चालकहरुले आफुले दिएको कार्ययोजना अनुसार काम नगर्ने सिइओलाई तर्साउन अन्य बैंकबाट सिइओ र डेपुटी सिइओ नियुक्त गर्दै आएका थिए ।

अब भने सिइओको अध्यक्षतामा समिति गठन गरेर मात्रै डेपुटी सिइओ नियुक्त गर्ने ब्यवास्था केन्द्रिय बैंकले गरेको छ ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलवार २१:५०