रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज देखि



काठमाडाै । धितोपत्र दोस्रो बजारमा आज मंगलबारबाट रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबारमा आउँदैछ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सोमबार सेयर सूचीकृत भएसँगै रिलायन्स लाइफ इन्स्योरेन्सको कोरोबार आजबाट खुल्ने भएको हो।ओपनिङ रेन्ज न्यूनतम १०७.५९ देखि अधिकतम ३२२.७७ रुपैयाँ तोकिएको छ ।

नेप्सेमा सूचिकृत गर्ने सम्बन्धमा रिलायन्स लाईफ र नेपाल स्टक एक्सचेन्जबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ । आज नेप्सेमा आयोजित कार्यक्रममा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेको रिलायन्स लाईफले बिज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित : 8 September, 2020 10:27 am