नाडाले भन्यो- ‘अब अति भयो, समयलाई बुझौँ, संसारलाई नियालौँ र अब काम गरौँ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थतन्त्र

नाडाले भन्यो- ‘अब अति भयो, समयलाई बुझौँ, संसारलाई नियालौँ र अब काम गरौँ’



काठमाडौं । आगामी भदौ २५ गतेदेखि आफ्नो व्यवसाय संचालन गर्ने घोषणा गरेका छन् । पछिल्लो समय कहिले लकडाउन, कहिले निशेधाज्ञा भन्दै अटो व्यवसायी नै धरापमा परेको भन्दै नाडा अटोमोबाईल एशोसिएसनले उक्त घोषणा गरेको हो ।

एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालसहितको सोमबार बसेको पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । अध्यक्ष दुलालले पछिल्लो समय अटो व्यवसायी ठुलो मारमा परेको भन्दै यस्तो निर्णय गरेको बताए ।

उनका अनुसार सरकारले कोरोनाको बहानामा उद्योगधन्दा चौपट र व्यवसाय डामाडोल गर्ने नीति लिएकाले व्यवसायीले जबर्जस्ती उक्त निर्णय लिनुपरेको होे ।

आज बसेको बैठकमा सरकारले निशेधाज्ञा थपेपनि सोही अनुसार अटो क्षेत्रका ग्यारेज, डिलर, सर्भिस सेन्टरलगायतका सबै क्षेत्रहरु खुला गर्ने निर्णय भएको हो । सरकारले जारी निशेधाज्ञा भदौ २५ गतेसम्म तोकेको छ । यस्तै अन्य विभिन्न अत्यावश्यक सेवालगायत पनि बन्द गरिएको छ ।

लकडाउनले देशको अर्थतन्त्रलाई धरासायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्या समेत उत्पन्न गरिरहेको नाडाको निष्कर्ष छ। यसलाई सरकारले सम्बोधन गर्न नसकिरहेको अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जाँदा समस्या अरु भयावह हुने निश्चित रहेको नाडाले उल्लेख गरेको छ।

आजको दिनमा लकडाउनका कारण अटोमोबाइल व्यवसायीहरु पनि ठूलो मारमा परेका र उनीहरुलाई आफ्नो उद्योगव्यवसायबाट नै वञ्चित हुनुपर्ने दारुण अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ। ‘अब अति भयो, समयलाई बुझौँ, संसारलाई नियालौँ र अब काम गरौँ’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार २०:०१