साधारणसभा बारे सहकारी संस्थाहरुलाई बिभागले जारी गर्यो यस्तो परिपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

साधारणसभा बारे सहकारी संस्थाहरुलाई बिभागले जारी गर्यो यस्तो परिपत्र



काठमाडाै । सहकारी विभागले सहकारी संस्थाहरुकाे साधारण सभा कसरी गर्ने भन्नेमा ठोस निश्कर्ष निकाल्ने तयारी भै रहेको आश्वासन दिएको छ ।

आज सहकारी संस्थाको नाममा परिपत्र गर्दै केही दिन पर्खन भनेको छ । सहकारी विभागले परिपत्र जारी गरी विषम परिस्थितिमा सहकारी संघ संस्थाहरु साधारण सभा कसरी गर्ने भन्ने अन्यौलता रहेको बेला विभागले परिपत्र जारी गरेको हो ।

परिपत्रमा संघसंस्थाहरुको लेखापरिक्षण तथा साधारणसभा कसरी सम्पन्न गर्ने भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल तथा अन्तक्र्रिया भइरहेकोले नआत्तिन भनेको हो । परिपत्रमा भनिएको छ “सरोकारवालाहरु संगको छलफल तथा अन्तक्र्रियाबाट प्राप्त भएका सुझाव सहितका आधारमा उपयुक्त निकास सहितको निचोड निकालिने छ ।”

प्रकाशित : २१ भाद्र २०७७, आईतवार २०:५०