आलोचना थेग्न नसके पछि बीमा समितिले यस्तो निर्णय गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

आलोचना थेग्न नसके पछि बीमा समितिले यस्तो निर्णय गर्यो



काठमाडाै । चर्को आलोचना भएपछि कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धमा बीमा समितिले थप व्यवस्था गरेको छ। आज आइतबार बसको समितिको बैठकले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए पनि कोरोना बीमाको दाबी भुक्तानी गर्ने निर्णय गरेको हो।

यहि गत १८ गते समितिले नेपाल सरकार स्वास्थ्य मन्त्रलाय अन्र्तगतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएमा मात्र दावी भुक्तानी गर्ने भनि सबै बीमा कम्पनीलाई पत्राचार गरेसँगै समिति जनस्तरदेखि विभिन्न निकायबाट विवादीत बनेको थियो ।

समितिले मापदण्ड सच्चाएर अब स्वास्थ्य मन्त्रालयबाट मान्यताप्राप्त नीजि तथा सरकारी निकायमा पिसिआर जाँच गर्दा कोरोना संक्रमण देखिएमा दावी भुक्तानी दिने जनाएको छ ।

तर, समितिले निजी ल्याबमा भएका परीक्षणहरुको थप अध्ययन गरेर मात्रै दाबी भुक्तानी गर्ने निर्णय गरेको छ। कोरोना बीमा मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा भने ७ दिन भित्रै दाबी भुक्तानी गर्ने समितिले जनाएको छ। लागि बीमा समितिले कोरोना बीमा मापदण्ड समेत संशोधन गर्दैछ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति प्राप्त गरेका निजी प्रयोगशालाहरुलाई पनि पीसीआर परीक्षण गर्न अनुमति दिएको अवस्थामा के कस्तो अण्डरराइटिङ्ग प्रकृया अबलम्बन गरी मापदण्ड संशोधन गर्न सकिन्छ भन्नेबारे सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २१ भाद्र २०७७, आईतवार १७:०८