काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको पहिलो दिन आज (आइतबार) घटेको छ ।
नेप्से कारोबारको शुरुवातीमा नै सकारात्मक वृद्धि देखिएको थियो । तर अर्थअन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि सेयर बजार बढ्नेमा लगानीकर्ता आशावादी थिए । उनिहरुको आपेक्षामा भने तुषारापात भएको छ ।
आइतबार नेप्से १० दशमलव ४५ अंकले घटेर १ हजार ४९९ दशमलव ९७ विन्दुमा कायम भएको छ ।
१९१ कम्पनीको २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । खरिदबिक्री रकम समग्रमा राम्रो देखिन्छ । ७० लाख ३८ हजार ९९० कित्ता सेयर खरिदबिक्री भएका छन् । व्यापारिक र म्युचुलअ फन्डबाहेक बाँकी सबै समूहका सूचक तल झरेका छन् ।
उत्पादनमूलक समूह सबैभन्दा धेरै ४०.४३ अंकले घटेको छ । वाणिज्य बैंक समूहमा ८.१४ अंकको गिरावट आएको छ । उन्नति सहकार्य लघुवित्तको भाउ १०% ले बढेको छ । एनआरएन इन्फ्रास्टक्चरको भाउको १०% ले घटेको छ । खरिदबिक्रीमा नेपाल पुनर्बिमा कम्पनी उच्च स्थानमा रहेको छ । यसको ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।
Comment