कोरोनाको दावी भुक्तानीमा बीमा समितिको बखेडा, सिन्डिकेटको मतियार बन्ने नयाँ प्रपञ्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कोरोनाको दावी भुक्तानीमा बीमा समितिको बखेडा, सिन्डिकेटको मतियार बन्ने नयाँ प्रपञ्च



काठमाडाै । कोरोनाको दावी भुक्तानीमा बखेडा सिर्जना भएकाे छ। बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमितहरुले फर्जी रिपोर्ट लिएर भुक्तानी दाबी गरेको बताउँदै स्वास्थ्य मन्त्रालय अन्तर्गतका प्रयोगशालाबाट पीसीआर परिक्षण पोजेटिभ आएकालाई मात्र मान्यता दिने अड्डी लिएको छ ।

समितिले बीमा कम्पनीहरुलाई लेखेको पत्रमा भनिएको छ ‘कोरोना बीमा दावी प्रयोजनका लागि समितिबाट जारी भएको कोरोना बीमा मापदण्ड, २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपालमा सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस देखिएमा मात्र भुक्तानी गर्ने गरी व्यावस्था गर्नुहुन थप स्पष्ट गरिएको व्यहोरा अनुरोध गरिन्छ’ ।

कोरोना दावी भुक्तानी नदिन समितिले नयाँ प्रपञ्च रचेको बताउँदै स्वास्थ्य मन्त्रालयलाई नै चुनिति दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए । सरकारले सबै मापदण्ड पुरा गरेकालाई नै पिसीआर परिक्षण गर्न दिएको बताउँदै पीसीआर रिपोर्ट सरकारी र निजीको फरक नहुने मन्त्रालयको बुझाइ छ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार ११:२२