काठमाडौं । सीतापाईलामा रहेको सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाले लघुबित्त अन्तर्गतका सदस्य तथा जेष्ठ सदस्यहरुको कोरोना बीमा गर्ने भएको छ । संस्थाको पहिलो चरणमा लघुबित्त कार्यक्रममा संलग्न सदस्य तथा जेष्ठ सदस्य गरी ३ हजार ५ सय सदस्यको १ लाखको कोरोना बिमा गरिदिने भएको हो ।
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण काठमाडौं भित्र पनि बढिरहेको अवस्थामा संस्थाले बीमा गरिदिन लागेको हो । संस्थाले यसअघि कर्मचारी र संचालक समिति तथा लेखा समितिका सदस्यहरुको बिमा गरिसकेको छ ।
संस्थाले एटिएम, मोबाइल बैकिङ्गको माध्यमवाट कारोबार गर्न सदस्यहरुलाई अनुरोध गरेको छ ।
संस्थाले चन्द्रागिरि र नागार्जुन नगरपालिकासंग समन्वय गरि संस्थाको लघुबित्त तर्फ ९२ वटा केन्द्रका ३ हजार महिला सदस्यहरु र पाँचसय जेष्ठ सदस्यको बीमा गर्न लागेको हो । त्यसैगरी बीमा कार्यक्रममा संस्थाका नियमित बचतकर्ताहरुलाई पनि संलग्न गराईने संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख धनश्याम गिरी र नागार्जुन नगरपालिका प्रमुख मोहन बहादुर बस्नेतले सहकारीले आफ्ना नगरपालिकाका नागरिकहरुको कोरोना बीमा गर्न लागेकोमा खुसि ब्यक्त गर्दै यस कार्यकालागि सहयोग गर्ने बताए ।
आपत परे यी व्यक्तीलाई सम्झनुस्
साथै संस्थाले ८ ठाउँमा क्षेत्रगतरुपमा सम्पर्क ब्यक्ति तोकि सदस्यहरुलाई आपतमा सेवा दिने ब्यबस्था समेत गरेको छ । साथै संस्थाले एटिएम, मोबाइल बैकिङ्गको माध्यमवाट कारोबार गर्न सदस्यहरुलाई अनुरोध गरेको छ । संस्थाले मोबाइल बैंकिङ सेवा मार्फत एउटा खातावाट अर्को खातामा रकम जम्मा गर्न, बिजुलि, टेलिफोन लगायत बिभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न सकिने जनाएको छ । साथै संस्थाबाट प्रदान गरिएको एटिएम सेवा, देश भरिको कुनैपनि बैकको एटिएमबाट निशुल्करुपमा २४ सै धण्टा रकम झिक्न सकिने ब्यबस्था गरिएको अध्यक्ष मानन्धरले जानकारी दिए ।
Comment