लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड ,यसरी हेर्नुस नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड ,यसरी हेर्नुस नतिजा



काठमाडाै । लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड भएको छ। आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३ सय ७३ आवेदकले योग्य आवेदकले १० कित्तादेखि ४० कित्ता सम्म शेयर हात पारेका छन्।

एनआइबिएल एस क्यापिटलको कार्यलयमा गरिएको बाँडफाँडमा ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएका छन्।

लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो। जसमध्ये १२६ वटा आवेदन रद्द भएका छन्।

३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरे जति शेयर वितरण गरिएकाे छ। ३० कित्ताभन्दा माथिको संख्यामा शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये गोलाप्रथाका आधारमा २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको हो। नतिजा मेरो शेयर मार्फत हेर्न सकिन्छ ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार १२:२५