काठमाडाै । लिबर्टी ईनर्जीले निष्काशन गरेको आईपिओ आज सोमबार बाँडफाँड हुने भएको छ ।
बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले सोमबार मध्यान्ह १२ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
क्यापिटलका अनुसार शुक्रबार आईपिओको प्रि अलोटमेन्ट गरिएको छ ।
कम्पनीको आईपिओमा झन्डै २ लाख बढीले आवेदन दिएका छन्। आईपिओमा करिब १ लाख ९१ हजार १ सय आवेदकबाट ७३ लाख १४ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ ।
यो कम्पनीले माग गरेको कित्ता भन्दा दोब्बर बढीको आवेदन हो। कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको हो ।
Comment