काठमाडाै । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।
सस्थाको एक करोड २६ लाख रूपैयाँ बराबरकाे प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका १ लाख २६ हजार कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
साथै, उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्
Comment