लिबर्टी ईनर्जीको आईपिओ सोमबार बाँडफाँड हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लिबर्टी ईनर्जीको आईपिओ सोमबार बाँडफाँड हुने



काठमाडाै । लिबर्टी ईनर्जीको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले सोमबार शेयर बाँडफाँड गर्ने तयारी गरेको हो । क्यापिटलले आज आईपिओको प्रि अलोटमेन्ट गरिएको छ ।

कम्पनीको आईपिओमा झन्डै २ लाख बढीले आवेदन दिएका छन्। आईपिओमा करिब १ लाख ९१ हजार १ सय आवेदकबाट ७३ लाख १४ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ । यो कम्पनीले माग गरेको कित्ता भन्दा दोब्बर बढीको आवेदन हो। कम्पनीले सर्बसाधारणलाई लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार १८:५१