रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, २० हजार ५०९ जनाको हात खालि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, २० हजार ५०९ जनाको हात खालि



काठमाडाै । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो।

कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आबेदन परेका थिए। त्यस मध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार योग्य आबेदकलाई न्युनतम १० कित्ताका दरले बितरण गर्दा ५ लाख ६७ हजार जनाले मात्रै कम्पनीको शेयर पाउका हुन् । बाँकी २० हजार ५०९ जनाको भने खालि हात भए ।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार १५:१५