समाज लघुवित्तको आइपीओ शनिबार बाँडफाँड, कति होलान भाग्यमानी लगानीकर्ता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

समाज लघुवित्तको आइपीओ शनिबार बाँडफाँड, कति होलान भाग्यमानी लगानीकर्ता ?



काठमाडाै । समाज लघुवित्त वित्तीय संस्थाले आइिपओ बाँडफाडको तयारीमा जुटेको छ । कम्पनीले भदौ ४ गतेदेखि निष्कासन गरेको आइपीओ भदौ १३ गते शनिबार बाँडफाँड गर्ने तयारीमा जुटेको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइपीओमा प्राप्त आवेदनहरु भेरिफाइ गर्ने कार्य सम्पन्न भएको जानकारी दिँदै शुक्रबार प्रि अलोटमेन्ट गरेर शनिबार बाँडफाँड गरिने जनाएको छ ।

समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । आइपीओको अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ रहेको छ ।

यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५ प्रतिशत कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको ८० लाख ७० हजार रुपैयाँ बराबरको ८० हजार ७०० कित्ता शेयरका लागि ५ लाख ६६ हजार ४७३ आवेदकले एक अर्ब २० करोड १५ लाख रुपैयाँ बराबरको एक करोड २० लाख १५ हजार ८२० कित्ता शेयर माग गरेका छन् । जुन निष्कासनको १४८.९० गुणा बढी हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा लघुवित्तको शेयर ५ लाख ५८ हजार ४०३ आवेदकले नपाउने निश्चित छ । गोलाप्रथाबाट बाँडफाँड हुने उक्त शेयर भाग्यमानी ८ हजार ७० जना लगानीकर्ताले १० कित्ता दरले प्राप्त गर्नेछन् ।

प्रकाशित : ११ भाद्र २०७७, बिहीबार १८:५६