फस्ट माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फस्ट माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा



काठमाडाै । फस्ट माइक्रोफाइनान्स लघु वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बुधबार सेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ९.५० प्रतिशत बोनश शेयर र ४.१८४२ प्रतिशत नगद लाभांश गरी कुल १३.६८४२ प्रतिशत लाभांश दिने प्रस्ताव अघि सारेको हो ।

लघुवित्तले चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३.६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव गरेको छ।

संचालक समितिले प्रस्ताव गरेको लाभांश नियामन निकाय नेपाल राष्ट्र बैंकको स्वीकृती र लद्युवित्तको आगामी हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रकाशित : 27 August, 2020 11:31 am