शेयर बजारमा सुधार, संयमित बन्दै लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शेयर बजारमा सुधार, संयमित बन्दै लगानीकर्ता



काठमाडाै । आइतबार शेयर बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से १२ दशमलव ७७ अंकले बढेर १४ सय १० दशमलव ३४ अंकमा पुगेको छ ।

आज जलविद्युत, व्यापार र सामुहिक लगानीबाहेक अन्य सबैजसो समूहको शेयर उकालो लागेको छ । निर्जीवन बिमा समूहको शेयर दुई सय ३३, जीवन बिमा समूहको एक सय ७३, उत्पादनको ८८ र होटल समूहको शेयर २३ अंकले बढेको छ ।

एक अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका २४ लाख ९८ हजार ६ सय कित्ता शेयर किनबेच भएका छन् ।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार १७:४८