अजोड इन्स्योरेन्सको कारोबार ४९० मा खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अजोड इन्स्योरेन्सको कारोबार ४९० मा खुला



काठमाडौं । असारको पहिलो साताबाट आईपिओ निष्काशन गरेको अजोड इन्स्योरेन्सको कारोबार ४९० मा खुला भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९७ देखि २९१ सम्मको मूल्य रेञ्ज तोकेको थियो । मंगलवार कारोबार खुला भएपनि यस कम्पनीको शेयर खरिद र विक्री कुनै पनि आदेश आएको छैन् ।

नयाँ निर्जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले असार २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईप्ीओ विक्री खुला गरि साउन २ गते बाँडफाँट गरेको थियो ।

अजोड इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

प्रकाशित : १३ श्रावण २०७७, मंगलवार १३:५२