झण्डै ५ अर्ब ४८ करोड बराबरकाे आइपिओ आउँदै,कुन कम्पनीले कति ल्याउँदैछन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

झण्डै ५ अर्ब ४८ करोड बराबरकाे आइपिओ आउँदै,कुन कम्पनीले कति ल्याउँदैछन् ?



काठमाडाै । सेयर बजारमा झण्डै ५ अर्ब ४८ करोड बराबरकाे प्राथमिक सेयर निष्काशन आउने तरखरमा रहेको छ । काठमाडौंको चन्द्रागिरीमा सञ्चालित चन्द्रागिरी हिल्स देखि डिसहोम सम्मले सर्वसाधारणाई सेयर निष्काशन गर्न लागेका छन् ।

धितोपत्र बोर्डमा अहिले १९ वटा कम्पनीले सेयर निष्काशनका लागि आवेदन दिएका छन् । जसमध्ये ५ वटा जलविद्युत आयोजना र एक मर्चेन्ट बैंकको भने छिट्टै प्राथमिक सेयर निष्काशन हुने देखिएको छ ।

जलविद्युत आयोजना र सिबिआइएल क्यापीटल मर्चेन्ट बैंकको करिब १ अर्ब २८ करोड रुपैयाँ बराबरको १ करोड २८ लाख कित्ता सेयर स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।

डिसहोम , सानिमा जनरल इन्सुरेन्स र रुरु जलविद्युत आयोजनाले भने सेयर जारी गर्नका लागि हालैमात्रै आवेदन दिएका छन् ।

धितोपत्र बोर्डको योे वर्ष ४० देखि ५० अर्ब बराबरको सेयर निष्काशन हुने आकलन छ । केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरी हिल्सले पनि १८ करोडको सेयर निष्काशन गर्न लागेको छ । जसको अहिले बोर्डले अध्ययन गरेर सुझाव पठाइसकेको छ । अहिले ११ वटा जलविद्युत आयोजना, ३ वटा बिमा कम्पनी, एक माइक्रोफाइनान्स एक मर्चेन्ट बैंक, चन्द्रागिरी हिल्स, डिसहोम र इमर्जिङ नेपाल कम्पनी गरि १९ वटा कम्पनी धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छन् ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ०९:१२