नेप्सेमा १० लाख कित्ता बढी सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेप्सेमा १० लाख कित्ता बढी सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १० लाख कित्ता बढी सुचिकृत भएको छ । आइतबार विभिन्न ४ कम्पनीका १० लाख ३३ हजार ५ सय ८१ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आइतबार अरुण भ्याली हाइड्रोको ७ प्रतिशत हुन आउने ६ लाख ६३ हजार १ सय ९ कित्ता, आरम्भ लघुवित्तको ७.३८ प्रतिशतले हुन आउने ४४ हजार सय ९० कित्ता, किसान माइक्रोफाईनान्सको २३.९५ प्रतिशतले हुन आउने २ लाख ५ हजार ९ सय ९२ दशमलव ७५ कित्ता र चौतारी लघुवित्तको ७ प्रतिशतले हुन आउने १ लाख ३० हजार २ सय कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयार खरिद बिक्रि गर्न सक्ने छन् ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ०८:३८