अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड, २ लाख ११ हजार ४९८ जनाको हात खाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अजोड इन्स्योरेन्सको आईपीओ बाँडफाँड, २ लाख ११ हजार ४९८ जनाको हात खाली



काठमाडाै । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता शेयर आज बाँडफाँड भएको हो।

कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।

त्यसमध्ये, गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी २ लाख ११ हजार ४९८ जना अर्थात कुल आवेदकको ४३.६५ प्रतिशतले शेयर पाएनन्।

क्यापिटलका अनुसार आईपीओमा ५ लाख २ हजार २९८ वटा आवेदन परेकोमध्ये ८१३ वटा आवेदन रद्द भएका छन्। कम्पनीले असार २५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार १७:४१