मौद्रिक नीति ३ बजे , शिथिल बन्दै गएको अर्थतन्त्र अधिकारीको नीतिले कसरी उकास्ला ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मौद्रिक नीति ३ बजे , शिथिल बन्दै गएको अर्थतन्त्र अधिकारीको नीतिले कसरी उकास्ला ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउनने मौद्रिक नीति मध्यान्ह ३ बजे सार्वजनिक गर्ने भएकाे छ । राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट उक्त माैद्रिक नीति पारित भइसकेकाे छ ।

नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई पारित गरेसँगै एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएकाे छ ।

गभर्नर अधिकारीको यो पहिलो मौद्रिक नीति हो । कोरोना भाइरस का कारण मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएको अवस्था देशको अर्थतन्त्रलाई मार्ग निर्देशित गर्नका निम्ति यसपटकको मौद्रिक नीति लाई थप महत्वकासाथ हेरिएको छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार १२:५५