नेफ्स्कूनको कामु प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पोखरेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेफ्स्कूनको कामु प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पोखरेल नियुक्त



काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)को कामु प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पोखरेल नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको पाँच वर्षे कार्यकाल सकिएपछि उनले केही दिन अघी राजिनामा दिएका थिए ।

चितवनमा २२ र २३ गते बसेको नेफ्स्कूनको बोर्ड बैठकले सापकोटाको राजीनामा स्विकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सिईयोमा नियुक्ती गरेको हो ।

गत वर्षको असार १ गतेदेखि लागू हुनेगरी नेफ्स्कूनले नायव प्रमुख कार्यकारी अधिकृत पदमा पोखरेललाई नियुक्त गरेको थियो ।

प्रकाशित : २४ असार २०७७, बुधबार १०:५९