काठमाडौं । एनआईसी एशिया लघुवित्तले जारी गरेको आइपीओमा ४६ हजार ५७९ जनाले थप १० कित्ता गरेर २० कित्ता सेयर पाएका छन् ।
एनआईसी एशिया लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो।
जसमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । त्यसमा ३ लाख ९७ हजार ७४१ वटा आवेदकले मात्र सेयर पाएका छन् ।
आवेदन दिएका ३ लाख १८ हजार ८११ जनाले १० कित्ता सेयर पाएका छन् । सेयर परेको जानकारी सानिमा क्यापिटल वा मेरोसेयर मार्फत हेर्न सकिने सानिमा क्यापिटलले जनाएको छ ।
Comment