एनआईसी एशिया लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

एनआईसी एशिया लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन



काठमाडाै । एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार १४ गते आइतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

बाँकी ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

प्रकाशित : १४ असार २०७७, आईतवार ०८:५३