एकता, गर्दने भञ्ज्याङ र नमस्ते एकिकरण पछि बन्यो एकता सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एकता, गर्दने भञ्ज्याङ र नमस्ते एकिकरण पछि बन्यो एकता सहकारी



सूर्योदय, इलाम । सूर्योदय नगरपालिकामा आयोजित सहकारी संस्था एकिकरण सभा कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं ८ मा रहेका ३ वटा सहकारी संस्थाहरु एकता बचत तथा ऋण सहकारी संस्था लि. , गर्दने भञ्ज्याङ कृषि सहकारी संस्था लि. र नमस्ते कृषि सहकारी संस्था लि. बिच एकिकरण समपन्न भएको छ ।

नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रम नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको सभापतित्व, नगर प्रमुख आर बि‍‍‍. राईको प्रमुख आतिथ्य, उपप्रमुख दुर्गा देवी भट्टराईको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । देशव्यापीरुपमा वित्तिय संस्थाहरुको एकिकरण क्रम चलिरहँदा सूर्योदय नगरपालिकाले समेत आफ्नो नीति तथा कार्यक्रममा समेत एक वडा एक बिषयगत सहकारी संस्थाको कार्यक्रमलाई प्राथमिकतामा राखेको कारण एकिकरणलाई नगरको सहकारी संस्थाले सहजिकरण गरेको थियो । नगरपालिकाका उप प्रमुख दुर्गा देवी भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमका अतिथिहरु एकता बचत तथा ऋण सहकारीका अध्यक्ष इकाराम प्रधानले संस्थाको वित्तिय विवरण गर्दने भञ्ज्याङ कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन कार्की, नमस्ते कृषि सहकारी संस्था का उपाध्यक्ष निर्मला तामाङ्ग केन्दिय दुग्ध सहकारी संघ नेपालका संचालक सदस्य नीर कुमार प्रधानले एकिकरणको औचित्य बारे मन्तब्य राखे । एकिकरण पश्चात एकता बचत तथा ऋण सहकारी संस्थाको नामले संचालित हुने सहकारी संस्थाको एकिकृत वित्तिय स्थिति कुल २ करोढ ८२ लाख ९७ हजार हुने र शेयर सदस्यहरु जम्मा ३७७ जना हुने छन ।

कार्यक्रममा नगर प्रमुख राईले एकिकरण पछि बन्ने एकिकृत सहकारी संस्था नगरकै नमुना संस्था बन्ने विश्वास ब्यक्त गरे। कार्यक्रमका सभापति शर्माले नगरको आर्थिक बिकासको कार्यक्रम सहकारी सँगै जोडिएर आउने बताए । कार्यक्रमका संचालक नगरपालिकाका सहकारी शाखा प्रमुख देवेन्द्र राइले नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने कतिपय सहकारी संस्थाहरु करमा दर्ता नभएको, कतिपयले नियमित लेखापरिक्षण नगरेको, समयमा अधिवेशन नराखेको आदि बाट समस्यामा सहेकोले अब सहकारीहरु एकिकरणमा जानु वा खारेजीमा जानुको बिकल्प नरहेको बताए।

प्रकाशित : १२ असार २०७७, शुक्रबार २१:५६