काठमाडौं । प्रति कित्ता एक सयको दरले एनआईसी एशिया लघुवित्तले यही असार १० गते आर्थात आजबाट ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दै छ । कम्पनीले ४७ करोड ५५ लाख बाराबराको साधारण शेयर निस्काशन गर्दै छ ।
उक्त ४७ लाख ५५ हजार कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् ७४,००० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गरिएको छ। लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन्।
आईपीओ असार १० गते देखि असार १४ गते सम्म खुल्ने छ । असार १४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन। यदी असार १४ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा असार २४ गते सम्म समय थपिने छ।
एनआईसी एशिया लघुवित्त रास्ट्रिय स्तरको “घ” वर्गको वित्तिय सस्था हो भने यस लघुवित्तको प्रधान कार्यालय भेरी- ४, खलंगा , जाजरकोट रहेको छ। यस कम्पनीमा हाल सम्म शत प्रतिशत सस्थापक शेयर एनआईसी एशिया बैंकको रहेको छ ।
Comment