प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २१औ स्थापना दिवस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

मुख्य समाचार

प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २१औ स्थापना दिवस

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । ललितपुरको थसिखेलमा रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २१औ स्थापना दिवस मनाएको छ । २० औं बर्ष पुरा गरी २१औं बर्षमा प्रवेश गरेको यो संस्थाले आफ्नो २१औ स्थापना दिवस संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको कार्यक्रम आयोजना गरी मनाएको हो । सो रक्तदान कार्यक्रममा उल्लेख्य मात्रामा सदस्य, पदाधिकारी, कर्मचारी र स्थानीयले गरि ४५ जनाले रक्तदान गरेका थिए । कोरोना भाइरसको डर र लकडाउनका कारण कार्यक्रममा धेरैलाई सहभागी गराउन असमर्थ रहेको संस्थाका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।

११ हजार सदस्यहरु रहेको उक्त संस्थामा ६५ जना कर्मचारीहरु कार्यरत रहेका छन् । संस्थाले आफ्ना सदस्यहरुलाई ललितपुरको थसिखेलमा रहेको आफ्नै सुविधा सम्पन्न भवनबाट छिटो, छरितो र अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : ६ असार २०७७, शनिबार १८:१९ 20 June, 2020 6:19 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।