काठमाडौं ।वाणिज्य तथा आपुर्ति मन्त्री सुनिल बहादुर थापाले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्ने निर्णय स्थगित गराएका छन् । मन्त्रीकै उपस्थितिमा बसेको नेपाल आयल निगम सञ्चालक समितिको सोमबार दिउसो बसेको बैठकले पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको थियो ।
भूकम्पबाट पीडित उपभोक्तालाई थप मार पर्नेगरि भएको मुल्य बृद्धिको निर्णयले राजनीतिक असर देखाउने भएपछि मुल्य बृद्धि फिर्ता लिइएको हो । मुल्य बृद्धिको निर्णय केही घण्टा पनि टिकेन ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, ‘भर्खरै मन्त्रीज्युको निर्देशन पछि हामीले बढेको मूल्य स्थगित गरेका छौँ। भूकम्पबाट समस्या परिरहेको बेला मूल्य बढाउनु उचित नहुने देखिएकोले भाउ बढाउने निर्णय फिर्ता भएको हो।’





Comment