लकडाउनका कारण सेयर बजार बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

लकडाउनका कारण सेयर बजार बन्द



काठमाडौं । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण सेयर बजार नराम्रोसँग प्रभावित भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गरेपछि सेयर बजार पनि बन्द भएको छ ।

लकडाउनको अवधि आठ दिनलाई थप भएसँगै सेयर बजार पनि वैशाख ३ गतेसम्म बन्द हुने नेपाल स्टक एक्सचेन्जका सिइओ चन्द्रसिंह साउदले बताए ।

कोरोना भाइरस संक्रमणका कारण चैत १० गतेदेखि सम्पूर्ण अर्थतन्त्र प्रभावित बनेपछि सेयर बजारमा पनि असर देखिएको हो ।

यति वेला सेयर बजारको कारोबारभन्दा पनि स्वास्थ्य सुरक्षाको बढी आवश्यकता भएका कारण सेयर बजार बन्द गर्नुपरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पूर्ण अनलाइन र सेटलमेन्टको काम अनलाइनमार्फत भएकाले कारोबार भइरहेको छ ।

प्रकाशित : २५ चैत्र २०७६, मंगलवार १३:५७