सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकलाई कोपोमिस तालिम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकलाई कोपोमिस तालिम



काठमाडाै । राष्ट्रिय सहकारी महासंघद्वारा सञ्चालित सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली(कोपोमिस) तालिम सम्पन्न भएको छ ।
काठमाडौं उपत्यकामा क्रियाशील सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुको सहभागीता रहेको सो तालिम सहकारी विभागको सहयोगमा सञ्चालन भएको हो ।


सो तालिमको शुभारम्भ गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड मेम्बेर ओमदेवी मल्लले मुलुक संघीयतामा गइसकेपछि तीन तहको सरकार क्रियाशील रहेको अवस्थामा प्रविधिमार्फत डाटा संकलन गर्ने कोपोमिस निकै महत्वपूर्ण रहेको बताइन ।

उनले शिक्षा र तालिमले मानिसलाई अध्याँरोबाट उज्ज्यालोतिर लैजान्छ र उज्ज्यालोतिरको यात्राले गन्तव्य पहिल्याउँछ भन्दै सहकारी संघ÷संस्थाहरुले कोपोमिस अनिवाय कार्यान्वयन गर्नुपर्ने बताइन ।


इन्जिनियर अमोद पुडासैनीले सहकारी तथा गरिवी सूचना व्यवस्थापन प्रणालीको विषयमा सहजीकरण गरेका थिए । सहभागीहरुले तालिम निकै प्रभावकारी भएको बताएका थिए । जसमा डाटा इन्ट्रिको अभ्यास समेत गरिएको थियो ।

प्रकाशित : २२ फाल्गुन २०७६, बिहीबार १४:२३